दफा २६
ट्रेड यूनियन संघ र महासंघका पदाधिकारी
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघले आफ्ना कार्य समितिका पदाधिकारीहरुको कूल संख्याको क्रमशः दश र पच्चीस प्रतिशतमा नबढ्ने गरी कामदारहरुको हक र हितको संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको पदाधिकारीमा राख्न सक्नेछ ।